राष्ट्रपति द्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

प्रकाशित मिति:

काठमाडौं, पुस १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।

गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले राष्ट्रपतिलाई अधिवेशन आह्वानको लागि सिफारिस गरेसँगै उनले शुक्रबार ४ बजेको लागि अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्।