‘केटो अलि कमाउने होस्’ मिलियन भ्युअर्समा

प्रकाशित मिति:

काठमाडौं– पछिल्लो समय बजारमा आएका गीत दर्शक श्रोता माझ लोकप्रिय बन्दै गएका छन् । गीतमा नयाँ प्रयोग र शैलीका कारण गीत लोकप्रिय हुने यस क्षेत्रका जानकारहरूको धारणा छ । दुई हप्ता अगाडि बजारमा आएको गायक सुनिल कटुवाल र गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘केटो अलि कमाउने होस्’ ले आफुनो मिलियन यात्रा पुरा गरेको छ ।

गीतका गायक सुनिल कटुवालले आइतबार यो यात्रा अविस्मरणीय रहेको जानकारी दिए । ‘मिलियन ग्रुपमा पुग्नु मात्र हैन मेरो लागि यो दर्शक स्रोतका रेस्पोन्सको हिसावले पनि मेरो लागि ठूलो उपलब्धि हो ।’ उनले भने, ‘मलाई यसले अगाडिका दिनमा गायन क्षेत्रमा केही गर्न प्रोत्साहन दिएको छ ।’ उनले आफ्नो गीतलाई आफ्नो संझने सबैलाई धन्यावाद दिएका छन् ।

‘केटो अलि कमाउने होस्’ दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतको भिडियोमा लोकप्रिय मोडल सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीलाई देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् । भिडियो बिशाल इन्टरटेनमेन्टको युट्युवमा हेर्न सकिन्छ ।