माग पुरा नभएपछि पठाओ राइडरहरु तोडफोडमा उत्रिए

प्रकाशित मिति:

काठमाडौं । ११ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पठाओ राइडरहरु माग पुरा नभएपछि तोडफोडमा उत्रिएका छन् । गत सोमबार एक हप्ताको अल्टिमेटम दिएर पठाओ कम्पनी विरुद्धमा आन्दोलनको घोषणा गरेका राइडरहरुले सोमबार ९एक हप्तापछि० कम्पनी तोडफोड गरेका छन् ।

आक्रोशित राइडर समूहले बानेश्वरस्थित पठाओ कम्पनीमा ढुंगामुडा गरेका छन् । सोही क्रममा आन्दोलनमा उत्रिएका १९ जना राइडरहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । माग पुरा नभएपछि आन्दोलनमा उत्रिएका केही राइडरहरुले कम्पनीमा ढुंगामुडा बर्साउन थालेपछि प्रहरी आफुहरुलाई गिरफ्तार गरेकोगिरफ्तारीमा परेका पठाओ राइडर चट्टान थापाले रातोपाटीलाई जानकारी दिए । पठाओ राइडरहरुले गत सोमबार राइडरहरुको इन्सुरेन्ससहित पठाओ कमिसन कम गर्नुपर्ने, विना सूचना कर्मचारीलाई निश्कासन गर्न नपाइने लगायत ११ बुँदे माग राख्दै कम्पनीलाई एकहप्ते अल्टिमेटम दिएका थिए । एक हप्ता वित्दा समेत कम्पनी मागको सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनु परेको राइडरहरुको भनाई छ ।