नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशद्वारा प्रशिक्षण कार्यक्रम

प्रकाशित मिति:

दाङ । देशको रक्षा गर्नु नै हाम्रो अभियानको मुल नारा सँगै नवनियुक्ति नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशले १२ जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिको सहभागीता गराई पुस ११ गते लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपाल स्वयंसेवक संघ प्रशिक्षण विभागकी अध्यक्ष बिमुन्स पौडेल ज्युको प्रमुख अतिथ्यता र नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश अध्यक्ष शिवराज पोख्रेल ज्युको अध्यक्षता रहेको कार्यक्रमको संचालन लुम्बिनी प्रदेश सचिव नारायण आचार्य गुनाखर ज्युले गर्नु भएको थियो ।

नेपाल स्वयंसेवक संघको विधानलाई स्पष्ट पार्दै कार्यक्रम प्रशिक्षक बिमुन्स पौडेलले अरुको सेवामा समर्पित हुनु आफ्नो भविष्य चिन्नु रहेको बताउनुभयो । उहाँले सबैभन्दा ठूलो धर्म समाज सेवा रहेको र समाजसेवा गर्दा अहित हुने सिद्धान्त कुनै धर्ममा नरहेको पनि स्पष्ट पार्नुभएको थियो ।यसै गरि लुम्बिनी प्रदेशका नेपाल स्वयंसेवक संघ साथै यसका भातृ संगठनलाई सकृय भएर समाजसेवामा लाग्न अनुरोध गर्दै प्रदेश कार्यसमितिको तर्फ बाट आवश्यक सल्लाह,सुझाव तथा सहयोग सदैव रहने बताउनुभयो ।

एक दिवसिय अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश कार्यसमिति बाट उपाध्यक्ष सीता अर्याल,महासचिव युवराज अर्याल,प्रवक्ता नारायण सेन,सदस्यहरु सुर्य नारायण बटला क्षेत्री ,विष्णु खनाल लगायत कुशल व्यावसायि समाजसेवी सामाजिक अभियान्ता खिमराज पोख्रेल एवं गोकुल अर्याल समेतको उपस्थिती रहेको थियो