ससद पुनस्र्थापन गरेरै छाड्छौ पुर्व मन्त्री भुसाल

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
पौष १३ गते

पश्चिम नवलपरासीमा आज आयोजित पत्रकार भेटघाटमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एंव पूर्वमन्त्री घनश्याम भुसालले केपी ओलिले खोसेर लगेको संसद् फिर्ता ल्याएरै छाड्ने दाबी गर्नु भयो । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार परासी पुगेका भुसालले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाले केहि झुन्डले संसद् विघटन गरेको आरोप लगाउनु भयो ।

देशमा अहिले असंवैधानिक तरिकाले ससद विघटन गरिएको छ । संसद्लाई कांग्रेस र लोकतन्त्र पक्षधर कम्यनिष्ट शक्ति मिलेर पुर्नस्थापित गर्नु पर्ने बताउनु भयो ।

‘कांग्रेस र कम्युनिष्टहरुको सम्बन्ध कमजोर हुँदा नेपालमा लोकतन्त्रले घुँटा टेकेको इतिहास छ । त्यसैले राजाले लगेको संविधान कांग्रेस र कम्युनिष्ट मिलेर फिर्ता गरेको भन्दै उहाले अहिले पनि संविधान पनि दुई शक्ति मिलेर संयुक्त रुपमा फिर्ता ल्याउने बताउनु भयो ।

देशमा स्थिरता कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी अहिले अदालत र न्यायाधिहरुको काँधमा गएको बताउँदै नेपाली जनताको ठूलो बलिदानबाट प्राप्त गरेको संविधानको रक्षा अदालतबाट हुनेमा समेत बिश्वस्त हुन समेत आग्रह गर्नु भयो । नेता भुसाल प्रचण्ड–नेपाल समूहका हुन् ।