प्रदेशस्तरीय बी लेभल ब्याडमिन्टन प्रतियोगिता हुंदै

प्रकाशित मिति:

१३ पुस,बुटवल । बुटवलमा प्रदेश स्तरीय बी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा पुस १५ र १६ गते बुटवल–७ शिवनगरमा प्रतियोगिता हुन लागेको हो । छ । शिवनगर सामुदायिक वनस्थित खुल्ला कभर्ड हलमा हुने प्रतियोगितामा पुरुष डबलतर्फ ४० तथा भेट्रान्सतर्फ १६ टिम सहभागी हुने क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए । प्रतियोगितामा गत वर्षका विजेता खेलाडीलाई सहभागी नगराइने आयोजकले जनाए ।

प्रतियोगितामा पुरुष डबलतर्फका उपाधि विजेताले ३५ हजार ५ सय ५५ रुपैया, उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैया र तेस्रो टिमले १५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने उनले बताए । यसैगरि भेट्रान्सतर्फ उपाधि विजेताले नगद २० हजार ५ सय ५५ रुपैया, उपविजेताले नगद १५ हजार ५ सय ५५ र तेस्रो हुनेले नगद १० हजार ५ सय ५५ रुपैया पाउने छन् । ६ लाख रुपैयां खर्च हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदियमान खेलाडी र अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिने प्रतियोगिताका संयोजक रोहित पुरीले बताए ।

प्रतियोगिताको पुरुष डबलतर्फ प्रथम पुरस्कार यशोधा फुड्स प्रालि, द्घितिय पुरस्कार आवास ग्रुप बुटवलका संचालक महेश थैवबाट माता लाल कुमारी थैव, तृतिय पुरस्कार शक्ति कोल्ड रिट्रेड प्रालिबाट सौजन्य भएको छ ।यसैगरि भेट्रान्सतर्फ प्रथम पुरस्कार ब्ल्याक फरेस्ट क्याफे र एजी हेल्थ ईण्डष्ट्रिज प्रालि, दोस्रो पुरस्कार समाजसेवी श्रीराम बराल र किरण पौडेल, तेस्रो पुरस्कार समाजसेवी चन्द्रमान मल्लबाट सौजन्य भएको उनले बताए । यसैगरि प्रतियोगिताको सबै ट्रफि, मेडलहरु स्पोर्ट्स ग्यालरीबाट सौजन्य भएको छ ।कार्यक्रममा क्लबका सल्लाहकार नारायण घिमिरे, नर बहादुर केसी, दिनेश प्रधान, प्रचारप्रसार संयोजक तथा महासचिव जिवकान्त काफ्ले, कार्यक्रम संयोजक रोहित पुरीले क्लबले हरेक दुई वर्षमा आयोजना गर्ने प्रतियोगिताले खेलको विकास र खेलाडी उत्पादनमा योगदान पु¥याएको धारणा राखे । प्रतियोगिता सम्पन्न गर्न १४ सदस्यीय उपसमिति गठन गरिएको आयोजकले जनाएका छन् ।