विश्वविख्यात आरोहण टोलीले साईपाल हिमाल चढ्न सकेन

प्रकाशित मिति:

कात्तिक २९ बझाङ। बझाङमा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहण गर्न आएको विश्वविख्यात टोलीले समेत आरोहण गर्न नसकेर फर्किएको छ । झण्डै तीन साता देखि आरोहणको प्रयास गरिरहेको बिश्वबिख्यात अमेरिकी र क्यानेडियन र नेपाली आरोहण टोलीले साईपाल हिमाल आरोहण गर्न नसकेर फर्किएको हो ।

विश्वविख्यात आरोही अमेरिकी नागरिक र्फोरेस्ट सि कोट्सको नेतृत्वमा रहेको टोली बझाङको साईपाल गाँउपालिकामा रहेको साईपाल हिमालको दक्षिणी मोहडाबाट आरोहण गर्नका लागि अक्टोबर ३ तारिखका दिन साइपाल आधार शिविर पुगेको र भरपुर प्रयास गरेको भएपनि अन्तत आरोहण असफल भएको हो ।

अमेरिकाका स्की खेलाडी विलियम एस लासेल्स, ट्यालेर जोन, वेनार्ड स्ट्राग्वलेवस्की, जोन्सन थम्पसन र क्यानडाका चाड सार्यस समेत रहेको त्यो टोलीले हिमालको चुचुरोमा पुगेर स्की खेल्दै फर्कने योजना बनाएको थियो ।

अक्टोबर २७ तारिखको बिहान आरोहण दलका सदस्यमध्ये ट्यालेर जोन र वेनार्ड स्ट्राग्लेवस्की ६ हजार ७ सय मिटरसम्म पुगेका  भएपनि तापक्रम घटेको र तीव्र गतिमा हावा चलेका कारण टोली  चुचुरोमा पुग्न नसकी फर्किएको आरोहण दलका सहयोगी दिलबहादुर थापा मगरले बताए । उनले भने ‘उनीहरुले तीनपटक साइपाल आरोहणको प्रयास गरे, तर तीनवटै प्रयास असफल भए ।

६० डिग्रीभन्दा बढी भिरालोपन भएका कारण दक्षिणी मोहडाबाट साइपाल आरोहण गर्न उसै पनि गाह्रो छ’, उनले भने, ‘त्यसैमाथि लगातार हिमपात हुने र जोरले हावा चल्ने भएका कारण हाम्रो टोली चुचुरोमा पुग्न सकेन र  दिउँसो एक घण्टा र बिहान सबेर एक डेढ घण्टा जति मात्र हावा बन्द हुने र त्यो समय चुचुरोसम्म पुग्नका लागि समय प्रर्याप्त नएन।’

अमेरिकी र क्यानेडियन टोली असफल भए पनि चार जना बझाङी चेलीसहितको विश्वविख्यात आरोहीहरुको टोलीले पनि हिमाल चढ्न सकेनन् । जिल्लामै पहिलो पटक मिसन साईपाल दिएर गएको टोलीमा साइपाल गाउँपालिकाका लक्ष्मी बुढा, संगिता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापा लगायत बिदेशी अनुभबी आरोहीहरुले समेत  साइपाल हिमालको दक्षिणी मोहडाबाट आरोहणको प्रयास गरेको भएपनि उनिहरु समेत असफल भएका छन्  ।

उनिहरुले काठमाण्डौमा आरोहण सम्बन्धी ५ महिने तालिम लिएर उनिहरु साईपालहिमाल आरोहणको तयारी गरेका थिए । यो हिमालको दक्षिणी मोहडाबाट हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् ।

उनीहरुलाई आरोहणमा सहयोग गर्नका लागि संसारभर रहेका  आठ हजार मिटरभन्दा बढी उचाइका सबै १४ वटा हिमाल चढेर विश्व रेर्कड कायम गरिसकेका गिनिजबुक रेकर्डधारी स्पेनिश नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावन लगायतका १२ जना विदेशी आरोहीको टोली फर्किएको छ । यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छिन् । त्यस्तै मिसन साईपाल नाम दिएको टोलीले दोस्रो पटक हिमाल चढने प्रयास समेत असफल भएपछि यो हिमाल बिश्वको जोखिम बढी भएको हिमाल अनर्तगत पर्ने आरोहणदलको अनुभव छ ।

दुबै आरोहण दलमा  १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पासहितका १२  जना अनुभवी शेर्पाहरुको टोलीसमेत रहेको थियो  ।