युवा उद्यमी मञ्च रुपन्देहीको कार्यालय उद्घाटन

प्रकाशित मिति:

बुटवल, १३ पुस । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीको कार्यालय उद्घाटन गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले अभिभावकीय भूमिका निभाएको युवा उद्यमी मञ्च रुपन्देहीको बुटवलको संगम पथमा रहेको संघकै पुरानो भवनमा कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्घाटन गर्नुभएको हो ।  कार्यालय उद्घाटन गर्दै अध्यक्ष हमालले कार्यालय उद्घाटन संगै युवा उद्यमी मञ्चलाई अफिलसियल काममा सहयोग पुग्ने बताउनु भयो । उहाँले युवा उद्यमी मञ्चले उद्यमशिलता बिकास हुनेगरी कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गर्नुभयो ।

हमालले नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अधिवेशनमा संघले पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई अंगाडी सारेको जानकारी गराउँदै सहयोगी भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभयो ।त्यस्तै कार्यलय उद्घाटन कार्यक्रममा युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष उमेश अमात्यले बुटवल उद्योग बाणिज्य संघको अभिभावकत्वमा संस्था स्थापना भएको र सोही अनुसार संघले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले प्रदेश अध्यक्षमा संघले अंगाडी बढाएको उम्मद्वार श्रेष्ठले मञ्चले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले उद्योग बाणिज्य संघले कार्यालय उपलब्ध गराएको धन्यवाद समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष आनन्द ओझा, द्वितीय उपाध्यक्ष निरज लाकौल लगायतले भनाई राख्नुभएको थियो ।