विरोध सभा

प्रकाशित मिति:

धकधई, १३ पौष, सोमबार । नेपाली काँग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रनम्बर १ ले रूपन्देहीको धकधईमा आयोजना गरेको विरोध सभाका वक्ताहरूले प्रधानमन्त्री केपी शर्माको कदमले जन अपमान र राजनैतिक बेइमानी गरेको बताएका छन् । उनीहरूले राजनीतिक व्यवस्थालाई आघात पुग्ने गरी दुई तिहाईको सरकारले निष्कृष्ट कार्य गरेको बताए ।

पूर्व राज्यमन्त्री एवम् पार्टीका जिल्ला सभापति अब्दुल रज्जाक, नेताहरू मणिप्रसाद शर्मा, सरिता चौधरी, गंगा शाही, हरि न्यौपाने, गोरख चौधरी, एकबहादुर सुनार, बासु रिमाल, विश्वनाथ यादव, गुणाखर भुर्तेल, हरिलाल पाण्डे, राजकुमार पाण्डे, कपिला ए.सी. लगायतले त्यस्तो बताउनुभएको हो ।पार्टीका क्षेत्रीय सभापति हिराबहादुर खत्रीको अध्यक्षता तथा सचिव बैजनाथ साहनीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

विरोध सभाअघि हजारौंको संख्यामा सहभागी जनसमूहले धकधईमा विरोध ¥यालीसमेत सम्पन्न गरेको क्षेत्रीय कोषाध्यक्ष महेश के.सी.ले जानकारी दिनुभयो ।