रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा मंगलवार बिहान ५ ः ४५ बजे एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालीका ७ का ५२ वर्षीय पुरुष रहेको अस्पताला सुचना अधकारी डा विष्णु गौतमले बताए । पुष २ गते पिसिआर पोजेटिभ आई ३ गते अस्पताल भर्ना गरिएका उनमा मधुमेहको समस्या थियो ।