प्रधानमन्त्रि संविधान तोडफोडमा लागेका छन् : खांण

प्रकाशित मिति:

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले संसद विघठनको विषय अदालतमा गइसकेकाले कांग्रेस अदालतको निर्णयको पर्खाईमा रहेको बताएका छन् । मंगलवार नेपाल प्रेस युनियले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता खांणले यो सरकार असंवैधानिक, अधिनायकवादी र अलोकतान्त्रिक भएको बताए । ‘प्रधानमन्त्रीले सुरुदेखि नै संविधानको बर्खिलाप काम गर्दै आउनु भएको छ , उनले भने, प्रेस, मानव अधिकार र राष्ट्रिय सुरक्षा परिषदमा हस्तक्षप प्रधानमन्त्रिबाटै भएको हो । प्रधानमन्त्री आफै संविधान तोफोड र तोडमोडमा लाग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै खांणले कांग्रसले संविधानको पक्षमा कदम चल्ने जनाए । नेता खांणले एक दलीय सर्वसत्तावाद ल्याउने र सरकारले गरेका ठूला भ्रष्टार लुकाउन संसद विघटन गरिएको आरोप लगाए ।