झलनाथ खनालले केपी ओलीलाई सोधे – खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ? 

प्रकाशित मिति:

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । उनले पार्टीलाई भर्‍याङ मात्र बनाएको भन्दै खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति कार्यक्रम ल्याउनुभयो । ‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज रु खोइ घरघरमा ग्यास पाइप रु’ उनले अघि भने ।

काम गर्न नसकेको भनेर आफूहरुले प्रश्न गर्दा प्रधानमन्त्री ओलीले विश्व चकित हुने काम गरेको दाबी गरेको सुनाए । ओलीले सडक र पुललाई समाजवाद देखेको र पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भन्न थालेको उनले बताए । प्रधानमन्त्री ओलीले मरिचमान श्रेष्ठ र नगेन्द्रप्रसाद रिजालले जत्ति पनि काम गर्न नसकेको खनालको आरोप छ । उनले भने, तीन वर्ष खेर भयो । मरिचमानले गरेजत्ति पनि काम गर्न सकेनन् ।@onlinekhabar