राप्तीमा दुई विद्यालयमा नयाँ ब्यवस्थापन समिति

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली-पुस १४, बसन्तापुर ,देउखुरी दाङ-राप्ती गाउँपालिका अन्तरगतका दुई विद्यालयमा नयाँ ब्यवस्थापन समिति गठन गरिएको छ ।

राप्ती गाउँपालिका शिक्षा शाखाको पहलमा वडा नं १ पाखापानी स्थीत नव प्रतिभा आधारभुत विद्यालय र वडा नं ३ बसन्तापुर स्थीत वि।पी आधारभुत विद्यालयमा नयाँ ब्यवस्थापन समिति गठन भएको हो । दुबै विद्यालयमा सम्पन्न अभिभावक भेलाले सर्ब सम्मत रुपमा नयाँ ब्यवस्थापन समिति चयन गरिएको छ । नव प्रतिभा आधारभुत विद्यालयको ब्यवस्थापन समिति गठन प्रक्रियामा राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विक तथा वि।पी आधारभुत विद्यालयमा नयाँ समिति गठन शिक्षा शाखा सह संयोजक बासुदेव खनालको सहभागिता रहेको थियो ।

गठित ब्यवस्थापन समिति अन्तरगत नव प्रतिभा आधारभुत विद्यालय पाखापानीको अध्यक्षमा स्यामलाल पोख्रेल, शिक्षक अभिभावक संयोजकमा बिसाल ज्ञवाली लाई चयन गरिएको छ साथै वि।पी आधारभुत विद्यालय बसन्तापुरको अध्यक्षमा राकेश शर्मा र शिक्षक अभिभावक संयोजकमा काली प्रसाद चौधरी चयन हुनु भएको छ । वि।पी आधारभुत विद्यालय बसन्तापुरको गठित ब्यवस्थापन समितिको सदस्यमा फुल कुमारी चौधरी, देवानन्द चौधरी, मगनीराम चौधरी, ललिता देवि चौधरी नेपाली, भावना मरासिनि र चन्दा चौधरी चयन हुनुभएको छ ।