मणि उजेश र लुमिनोश द्वारा दुई महिनाका लागि दुध सहयोग

प्रकाशित मिति:

बुटवल, १४ पुस । बुटवलका दुई सहित तीन समाजिक संस्थाले चाइल्ड पोटेक्शन फाउण्डेशन नेपाल काठमाण्डौका ३० जना बालबालिकालाई दुई महिनाका लागि आवश्यक पर्ने दुध सहयोग गरेका छन् । लायन्स क्लव अफ बुटवल मणि उजेश, लायन्स क्लव अफ बुटवल लुमिनोश र लायन्स क्लव अफ काठमाण्डौ उदयले संयुक्त रुपमा कार्यक्रम गरेर दुई महिनाका लागि आवश्यक पर्ने दुध सहयोग गरेका हुन् ।

नयाँ वर्ष २०२१ तथा क्रिशमस डेको शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारी मणि उजेश र बुटवल लुमिनोशले ११र११ हजार रुपैया बरावरको आर्थिक सहयोग गरेको लायन्स क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिनुभयो । लायन्स क्लव अफ काठमाण्डौ उदयका केशुमाया गुरुङ्गको अध्यक्षता तथा डिष्ट्रिक एभोलुशन चिफ बिनय बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिष्ट्रिक डिपाट्मेन्ट चिफ जनकराज श्रेष्ठ लगायतले बालबालिकालाई गरिएको सहयोगको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा क्लव सक्रिय रहनु पर्ने सुझाव दिनुभयो ।

सो अवसरमा लायन्स क्लव अफ बुटवल मणि उजेशका लागि अमेरीकाबाट पम्मी गुरुङ्गले ५ हजार र डाक्टर सिद्धार्थ गुरुङ्गले १९ हजार रुपैया सहयोग गर्नु भएको थियो । सो अवसरमा मणि उजेशले बालबालिकाहरुलाई ६ हजार रुपैया बरावरको नयाँ वर्ष उपहार वितरण तथा खाजा खुवाएको क्लवले जनाएको छ ।