एसईई परीक्षाको आवेदन खुला

प्रकाशित मिति:

यस वर्षको एसईई परीक्षाको आवेदन खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको हो। एसईई‌ परीक्षा कहिले हुने भन्ने अन्यौलकै बीच परीक्षा आवेदन फारम खुला भएको छ । बोर्डले कक्षा १० का विद्यार्थीले एसईईमा समावेश हुन फारम भर्ने सूचना निकालेको छ । सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ। आवेदन नियमित विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरिएको छ । फाराम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ। यस्तै बोर्डले ९ कक्षाका विद्यार्थीको रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ। त्यसका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ।