मुलुकभर आज पश्चिमी वायुको आंशिक प्रभाव पर्दै

प्रकाशित मिति:

मुलुकभर आज पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर पहाडी भेगमा आंशिक बदली अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभाग बाहेकका क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। चिसो रहिरहने भएकाले तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।