नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुग्यो

प्रकाशित मिति:

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार नेप्से २५।२१ अंकले बढेर २०८७।२८ बिन्दुमा पुगेको हो । जुन हालसम्मकै उच्च क्लोजिङ बिन्दु रहेको छ । प्रधानमन्त्री केपा शर्मा ओलीले संसद् विघटन गरेसँगै नेप्से ओरालो लागेको थियो । केही दिन लगानीकर्ता ‘पर्ख र हेर’ को स्थितिमा रहेका थिए । लगानीकर्ताको मनोबल बढ्दै गएकाले सेयर बजारले गत बुधबारदेखि उकालो लागेर हालसम्मकै उच्च बिन्दु चुमेको छ । साताको अन्तिम कारोबार दिन ९आज बिहीबार० ५ अर्ब ७० करोड ८६ लाख ९ हजार ८३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन साल्ट ट्रेडिङको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ३।७८ प्रतिशतले घटेको छ ।