अवैध काठसहित मानिस पक्राउ

प्रकाशित मिति:

रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ०१ बेलहियामा सुनौली तर्फबाट भैरहवा तर्फ आउँदै गरेको लु १ च ७१६७ नम्बरको पिकअप गाडीमा अवैध रूपमा साल जातको जस्तो देखिने काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको छ । चेकजाँच गर्ने क्रममा २८।८९ क्यू फिटको काठ बरामद गरी उक्त काठ,पिकअप र पिकअप चालक जिल्ला रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३५ को अमृत जैसवाल समेतलाई अन्य आवश्यक कारबाहीको लागी वन डिभिजन कार्यालय भैरहवा रूपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए ।