राष्ट्रिय सभाको सातौँ अधिवेशनको अर्को बैठक २३ पुसमा

प्रकाशित मिति:

आजबाट सुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशनको अर्को बैठक २३ पुसमा बोलाइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते दिउँसो १ बजे बस्ने गरी बोलाएका छन् । आजको बैठकमा नेकपा, कांग्रेस र जसपाका सांसदलाई बोल्न समय दिइएको थियो । सांसदहरुले नेकपाभित्रको किचलो समाधान गर्न नसकेर प्रतिनिधिसभा विघटन गरिनु देश र जनताका लागि घात भएको बताएका थिए । उनीहरुले प्रधानमन्त्रीबाट असंवैधानिक कदम चालिएको आरोपसमेत लगाएका छन् ।