बुटवलमै पहिलो पल्ट ओ या! आखिर के हो त ओ या ?

१७ पुष २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल- लुकेका प्रतिभा खोजी गरि उनिहरुलाई बाटो देखाउने साथै कार्यक्रमको लागि विभिन्न कार्यक्रमहरुमा सामेल गराउने उदेश्यले बुटवलको कालिका माध्यमिक बिधालयमा अध्यनरत बिद्यार्थीहरुको समुहले बुटवलमै पहिलो पल्ट ” Stand up ” कमेडी शो सुरु गरेका छन।


कक्षा १२ मा ब्यबस्थापन संकायमा अध्यन गर्दै आएको र पछिल्लो समय आफुले पनि कमेडी गर्दै आएको र साथै आफ्नो छ जनाको टोलि बनाइ ओ या !! ” Ohh Yaah ” नामक ” Stand up” कमेडी शो सुरु गरेका हुन । सुज्जल श्रेष्ठ , रजनिश अर्याल , शुभम कोइराला ,अशान वर्सी , प्रकाश भण्डारी र सगुन ज्ञवालीको टोलि मिले संचालनमा ल्याएको हो ।

“प्रस्तुति दिनको लागि सहभागीले दुईवटा माध्यम बाट प्रस्तुति दिने छन । जस्मा ओपन माइक र फाइनल शो राउन्ड हुनेछ । ओपन माइक शोमा सहभागीहरुले आफुले बनाएको कमेडी ओ या !! मा देखाउन सक्ने छन साथै आफ्नो फाइनल शो राउन्डको लागि पनि प्रयास गर्न सक्नेछन । फाइल शो राउन्डको लागि सहभागीले सर्व प्रथम फम भर्नु पर्नेछ। फर्म भरे लगेतै सहभागीहरुले आफ्नो प्रस्तुति देखाएसी उनिहरुको भिडियो ” ohh yaah ” युटुब बाट राखिने र सहभागीलाई बाहिर आफ्नो प्रस्तुति दिनको लागि विभिन्न ठाउँमा लगिने छ। जस्ले गर्दा सहभागीलाई आफ्नो प्रतिभा देखाउनको लागि ठाउँ बन्ने” शो को ब्यबस्थापन सुज्जल श्रेष्ठले जानकारी दिए।

“अहिले यो हाम्रो सुरुवात हो , आगामी दिनहरुमा हामिले कार्यक्रमहरु ल्याउने सोचमा रहेको र हरेक ठाउँ बाट जुन सुकै उमेरको मानिसले हामीलाई सम्पर्क गर्न वा ओ या मा आफ्नो प्रस्तुत दिन सक्नेछ” रजनिश अर्याल । साथै अन्य केही यस शोको बारेमा सम्पर्क लिन परेमा Oh Yaah नामक फेसबुक्क पेजमा गहि अन्य थप जानकारी लिन पनि सकिने बताएका छन । उक्त शो बुटवल कालिकानगर स्थित शिवलय मन्दिर बाट १०० मिटर पछाडि रहेको छ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न
  • महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साईकल प्रदान
  • बैमानी छौकी छैनौ बाइ” लामो समयपछि सार्वजनिक
  • शितगंगामा बाबू द्धारा छोरी हत्या