काँडेबास सेवा समाज जापानको छैंठौं साधारण सभा सम्पन्न

प्रकाशित मिति:

कौरव खत्री, गुल्मी १८ पौष- काँडेबास सेवा समाज जापानको छैठौं साधारण सभा जापानको टोकीयोमा सम्पन्न भएको छ ।

छैठौं साधारण सभामा समाजका कोषाध्यक्ष गोम बहादुर बुढाथोकीले सन् २०२० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै समाजका सह सचिव रामु शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।साथै सोहि अवसरमा समाजका नि.वर्तमान अध्यक्ष टिकाराम शर्मा,सदस्य लक्ष्मण चालिसे,सदस्य दिपक के.सी,सल्लाहकार टोपलाल कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा काँडेबासमा स्वास्थ्य चौकी भवनको लागि जग्गा व्यवस्थापन,बाढी पिडीतका लागि आर्थिक सहयोग,विद्यालयहरूमा पारिवारिक अवस्था कमजोर तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति प्रदान लगायत गाँउ समाजमा हरेक विषयमा उच्च चासो राख्दै काम अगाडि बढाएको समाजले आज अंग्रेजी नयाँ वर्षको अवसर पार्दै साधारण सभा सम्पन्न गरेको हो ।

बागलुड काँडेबासबाट सन् २०१५ मा रोजगारी एवं अध्ययनको शिलशिलामा जापानमा पुगेका व्यक्तिहरूले आफ्नो जन्मभूमिका लागि केही सकारात्मक चिन्तन गर्नुपर्छ भनेर पवित्र भावनाका साथ खोलिएको समाजको गठन गरिएको हो । साथै सोही अबसरमा काँडेबास स्वास्थ्य चौकीले प्रदान गरिएको सम्मान पत्र काँडेबास सेवा समाजका नि.वर्तमान अध्यक्ष टिकाराम शर्माद्वारा अध्यक्ष बुद्धि कँडेललाई हस्तान्तरण गरिएको थियो ।

साधारण सभा समाजका अध्यक्ष बुद्धि कँडेलको अध्यक्षता तथा समाजका सदस्य बिष्णु प्रसाद गौतमले स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने समाजका सह सचिव रामु शर्माले गरेका थिए ।