नेकपा फुटेरभन्दा जुटेर बलियो हुन्छ : मन्त्रि आले

प्रकाशित मिति:

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताएका छन्। नेकपा डोटीले सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उनले जनताको चाहना र अपेक्षानुसार नेकपा एकजुट भएर अघि बढ्न सक्नु पर्ने बताए। उनले भने, “हामीले जन भावनाअनुसार काम गर्नुपर्ने छ, हामी जुट्नुको विकल्प छैन।” मन्त्री आलेले सरकारले मिति तोकिसकेकाले एक जुट भएर निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए।