जेसीआई सिद्धार्थ लेडीको आयोजनामा ‘शम्भुजित बास्कोटा नाईट’ कार्यक्रम हुने

१८ पुष २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


जेसीआई सिद्धार्थ लेडी, नेपालको आयोजनामा ‘शम्भुजित बास्कोटा नाईट’ कार्यक्रम हुने भएको छ । गत २०७६ फागुन ३० गते विभिन्न कारणवश कार्यक्रम स्थगित भएकोमा जेसीआई सिद्धार्थ लेडी, नेपालले यही पुस २४ गते शुक्रबार उक्त कार्यक्रम गर्ने भएको हो । भैरहवास्थित होटल पौवामा पुस २४ गते बेलुकी ५ बजेदेखि कार्यक्रम हुने जेसीआई सिद्धार्थ लेडी, नेपालकी अध्यक्ष तुलसा भुसालले बताइन् । ‘गत वर्ष टिकट विक्री गरेर पनि कार्यक्रम आयोजना गर्न सकेनौं, यसपटक कार्यक्रम गर्दैछौं, सबैको सहयोग र साथको अपेक्षा राखेका छौं, ’जेसीआई सिद्धार्थ, लेडी नेपालले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले भनिन् ।

सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदै आएको संस्थाले कोष अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक ईन्दिरा पन्तले बताइन् । कार्यक्रममा सहभागिताको लागि प्रवेश शुल्कवापत रु। एक हजार पाँच सय तोकिएको र सांगितिक कार्यक्रमसंगै खानाको समेत व्यवस्था रहेको उनले बताइन् । हालसम्म साढे ५ सय बढी टिकट विक्री भइसकेको पन्तले जानकारी दिइन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के।सी।ले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई निरन्तरता दिएर जेसीआई सिद्धार्थ लेडी, नेपालले सराहनीय कार्य गरेको बताए । उनले कोष अभिवृद्धिमार्फत संस्थालाई थप रचनात्मक काम गर्न सहयोग पुग्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ‘टिकटक’ बनाउन रेलमार्गमा हिडिरहेका युवाको रेलको ठक्करबाट मृत्यु
  • पूर्वीय दर्शनमा मोक्ष : जीवन हुँदै पाइन्छ कि मृत्युपर्यन्त कुर्नुपर्छ…
  • साहरुखको ‘पठान’को सेटमा लफडा
  • गल्याङ जेसिजको दोस्रो पदहस्तान्तरण
  • जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?
  • ‘नाचिदेउ वसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख पुरस्कार
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने
  • तिलोत्तमा  मा  जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबलमा…
  • बुटवलमा एउटै छातामुनी सम्पुर्ण सामाग्री पाइने मार्ट संचालनमा
  • तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा राष्ट्रपति बाइडेनको हस्ताक्षर