चन्द्रागिरीको आइपिओ पुस २४ बाट

प्रकाशित मिति:

काठमाडौं– पहिलो चरणमा स्थानीयका लागि प्राथमिक शेयर आईपीओ जारी गरको चन्द्रागिरी हिल्सले आम सर्वसाधारणका लागि दोस्रोमा आईपीओ जारी गर्ने भएको छ । आगामि पुस २४ गतेदेखि आईपीओ निष्कासन गर्ने मिति तय भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार करिब सवा १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गर्ने भएको छ । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारी तथा ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको छ । कम्पनीले १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसारलाई बिक्री गर्ने जनाएको छ । कम्पनीको आईपीओमा यहि पुस २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन पाइनेछ । ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन गर्न पाउनेछन् । १० कित्ते बाँडफाँड नीति भएकाले १० कित्ता मात्र शेयर आवेदन गर्नु उचित हुनेछ ।

चन्द्रागिरि हिल्सले पहिलो चरणमा आईपीओ बाँडफाँड गरिसकेको छ । पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं। ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं। ९ र १० का नागरिकले पाएका छन् । कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।