नेपाल राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान गरिने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा,साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन माग गरेको छ ।केन्द्रिय बैंकले पुस १६ गते सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो। पुनरकर्जाको लागि आवेदन दिने अन्तिम मिति माघ १६ गतेसम्म रहेको छ।
पुनरकर्जाको लागि संस्थाको प्राथमिक पुँजीको अधिकतम २० प्रतिशतसम्म माग गर्न सक्नेछन् भने एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक÷बित्तीय संस्थाबाट मात्रै आवेदन भएको सुनिश्चित हुनु पर्ने छ।
आवेदनको लागि कर्जा छनौट गर्दा लघु घरेलु तथा साना उद्यम क्षेत्रका ऋणिलाइ अधिकतम मात्रामा समेट्ने गरी आवेदन गर्नु पर्ने छ भने प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहकरऋणी समेटिएको हुनुपर्ने केन्द्रिय बैंकले जनाएको छ।