आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरहेको छु : संसद ढकाल

प्रकाशित मिति:

सैनामैना, पौष १८ – चुनावमा आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरेहेको लु्म्बिनी प्रदेशका संसद तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनु भएको छ । रुपन्देहीको कञ्चन–३ मा रहेको मलावारदेवी मा।विको भवन शिलन्यास कार्यक्रममा उहाँले यस्तो कुरा बताउनु भएको हो । पछिल्लो तीन वर्षमा विकासका निर्माणका कामले तिव्रता लिएको उहाँको भनाई छ ।

उहाँले भन्नु भयो– “कि म बोल्दैन बोले भने त्यो काम पुरा गरेर छाड्छु, कि म बाचा गर्दैन गरे भने पुरा गरेर छाड्छु, मैले मलावरदेविको भवन निर्माणका लागि एक वर्ष अगाडि विद्यालयको भवन निर्माणका लागि बजेट ब्यवस्थापन गर्छु भनेको थिए सो काम पुरा गरेको छु । यस क्षेत्रमा रहेका विभिन्न विकास निर्माणका कामको मैले जिम्मा लिएको छु आफ्नो कार्यकालमा जनताको मन जित्ने गरि काम गर्छु म तपाईको छोरा, भाई, भतिज हो । काम गर्नेलाई राम्रो र नगर्नेलाई सोही अनुसारको मुल्याङ्कन गर्नु पर्छ । जसले काम गर्छ उसलाई जस दिनु पर्छ उहाँको भनाई छ । भुमिहिन सुकुम्बासि, भुमिहिन दलित तथा अब्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम अघि बढेको उहाँले बताउनु भयो ।
गोर्खा वेलफेयर ट्रस्ट ९बेलायत० ले भवनको रकम उपलब्ध गराएको छ । भवन २ कोरोड ३९ लाखमा निर्माण सम्पन्न हुने छ । भवनमा १२ कोठा रहनेछन् । रकम ब्यवस्थापनका लागि संसद भुमिश्वर ढकालले पहल गर्नु भएको थियो ।

कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं।३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने, कञ्चन गाउँपालिका शिक्षा शाखा प्रमुख रमेश भुसाल, हरैया मा बिका प्र।अ। मेघनाथ शर्मा, मलावारदेवि मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी जैशी, प्रधानाध्यापक भुवन कुमार गौतम, विद्यालयका शिक्षक सुर्य प्रकाश शर्मा लगाएतले शैक्षिक गुणस्तरका लागि संघिय प्रदेश तथा स्थानीय सरकार, शिक्षक अभिवाकको भुमिका महत्वपुर्ण रहने बताउनु भयो ।