कञ्चन जेसिजको दोश्रो अधिबेशन आज,अध्यक्षमा राधिका चौधरीको उम्मेद्वारी

प्रकाशित मिति:

१८ पुष,कञ्चन- कञ्चन जेसिज बर्ष २०२१ को आज दोश्रो अधिबेशन हुदैछ। सो अधिबेशनले अध्यक्ष,कार्यकारी उपाध्यक्ष,उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारीहरुको निवार्चित गर्ने छ भने कानुनी सल्लाहकार,महासचिव र कोषाध्यक्षमा भने निर्वाचित पदाधिकारीहरुको प्रथम बैठकले मनोनित गर्ने निर्वाचन आयुक्त तथा संस्थापक अध्यक्ष चुडामणी पौडेलले जानकारी दिनु भएको छ ।निर्वाचन आयुक्त पौडेलका अनुसार बर्ष २०२१ का लागि अध्यक्ष पदमा बर्ष २०२० का कानुनी सल्लाहकारको रुपमा कार्यरत राधिका चौधरीको मात्र उमेद्वारी परेको छ भने दुई कार्यकारीणी उपाध्यक्षमा पनि चित्र तुलाचन र बुद्धि प्रसाद रेग्मीको मात्र उमेद्वारी परेको हुदा निर्विरोध हुने सम्भावना रहेको निर्वाचन आयुक्त पौडेलले जानकारी दिनु भएको छ।

त्यस्तै आज नै ४ उपाध्यक्षका लागि बिष्णु पौडेल,प्रिया तरामु,प्रकाश पौडेल र सरला ढकालले आफ्नो उमेद्वारी दिनु भएको छ भने सचिव पदमा दीपा थारु र सह कोषाध्यक्षमा ममता कार्कीको उमेद्वारी रहेको आपसी सहमतीमा निवर्विरोध हुने प्राय निश्चित जस्तै रहेको आयुक्त पौडेलले जानकारी दिनु भएको छ ।आज बिहान १० बजे देखि निर्वाचनका लागि कार्यसूची प्रस्तुत भई करिब दिउस २ बजे सम्म निर्वाचन सम्पन्न हुने छ। कञ्चन जेसिजमा ४० जना सदस्य रहेका छन भने आज हुने निर्वाचनमा आपसी सहमती नभएको अवस्था भए मतदान प्रकृयामा जाने आयुक्त पौडेलले बताउनु भएको छ।एक ब्यक्ति एक पद र एक पद एक कार्यकालको हुने नेपाल जेसिजको पद्धती बमोजिम बर्ष २०२० का लागि कञ्चन जेसिजको नेतृत्व गर्नु भएको बाबुराम पौडेलको कार्यावधी समाप्त भएको र जेसिजको नेतृतव नया सदस्यहरुमा हस्तान्तरण हुन लागेको हो । सन २०१८मा स्थापित भएको कञ्चन जेसिजको नेतृत्व चुडामणी पौडेलले गर्नु भएको थियो दोश्रो कार्यकाल तथा बर्ष २०२० का लागि बाबुराम पौडेलले नेतृत्व गर्दै आउनु भएको थियो ।समृद्ध समाजको निर्माणका लागि बर्ष १८ देखि ४० बर्ष मुनि उमेर समूहका युवाहरुको ब्यक्तित्व,नेतृत्व,उधमशिलता र अन्तराष्ट्रवादी भावनाको बिकास गरी समाजको असल र सभ्य नेतृत्व उत्पादन गर्ने नेपाल जेसिजको मान्यतालाई सार्थकता दिन कञ्चन जेसिजले स्थापना बर्ष देखि कञ्चन जेसिजको ब्राण्डको रुपमा भ्वाइस अफ कञ्चन, फोकस अन द फ्युचर लायत कार्यक्रमहरु कञ्चनमा लोक प्रिय र प्रभावकारी रहको छ।

 

बिशेषगरी कोभिड १९ का कारण धेरै संघ संस्थाहरुले आफ्नो निर्धारित कार्यक्रमहरुलाई संचालन गर्न नसकिरहेका बेला कञ्चन जेसिजले आफ्नो बार्षिक कार्यक्रमहरुमा थप गरी कोभिड प्रभाबित परिवार र गाउहरुमा गएर राहत वितरण,स्वास्थ्य सचेतना,क्वारेन्टाइनमा रहेका कोभिड प्रभावितहरुलाई खाजा नास्ता बितरण गर्ने जस्ता सामाजिक उत्तर दायित्वका कार्यक्रमहरु समेत संचालन गरी कञ्चनमा सामाजिक संस्थाको रुपमा परिचित हुने मौका समेत अवसर प्राप्त गरेको छ ।बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलको सफल र समन्वयात्मक नेतृत्वले कोभिड १९ बाट प्रभाबित मुसहर बस्तीका मुसहर परिवारहरुलाई बिजया दशमीको अवसरमा दशै खर्च वापत राहत बितरण गर्नुका साथै कञ्चनका बिभिन्न बिधालयहरुमा कोभिड १९ बाट सुरक्षित हुनको लागि कोभिड सचेतना कार्यक्रम लगायत कार्यक्रमहरु अत्यन्त्यै प्रभावकारी भएको थियो ।