नेपाल कम्युनिष्ट पार्टी (नेकपाद्धारा) दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेको नेकपाले पुस २० गतेदेखि माघ २३ गतेसम्म विरोधका कार्यक्रममा सार्वजनिक गरेका हुन् । राजधानीमा विरोध प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा सरकारको असंवैधानिक कदम छिट्टै असफल पार्ने बताए । “उनीहरुले सत्ताको बलमा गर्न सक्छौँ भन्ने सोचेका छन्,” संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले भने, “हामी संघर्ष र स्वतन्त्र न्यायपालिकाको बलमा गर्न सक्छौँ ।” उनले संसद पुनःस्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।