मदिरा व्यवसायी संघद्वारा रक्तदान

प्रकाशित मिति:

भैरहवा । मदिरा व्यवसायी संघ रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठले मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । मदिरा व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष खिम बहादुर खत्रीले स्थापनाकालदेखि नै मदिरा व्यवसायी संघले सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिदै आएको बताए ।

मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सचिव चिरिञ्जवी राउतले रगतको अभाव हुन नदिन विभिन्न संघ–संस्थाले नियमित रक्तदान कार्यक्रम गर्नुपर्ने बताए । मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशवराज ज्ञवालीले रगत दिएर मानिसको जीवन बचाउन सकिने भएकोले रक्तदान महत्वपूर्ण कार्य रहेको बताए । मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षता, कार्यक्रम संयोजक किशोर पन्थीको स्वागत तथा महासचिव हिमालय भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ५० जनाले रक्तदान गरेको मदिरा व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष भागिरथ पाण्डेले जानकारी दिए ।