शान्ति समाजको सभापतिमा पुनः खनाल

प्रकाशित मिति:

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औ अधिबशनले पुनः डिपी खनालको सभापतित्वमा सर्वसम्मत नया नेतृत्व चयन गरेको छ । उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराई,सचिवमा कपिल ज्ञवाली,सह–सचिबमा कृष्ण पाण्डे,कोषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।

त्यस्तैगरी समाजको सदस्यहरुमा अर्जुन कुंवर,कमला पाण्डे (अधिकारी),जमुना पौडेल,बिजु पौडेल,सीता भट्टराई,लिलाधर लुइटेल, लक्ष्मी घिमिरे, बिष्णु थापा,मेघराज भट्टराई र फूलु सुनार चयन भएका छन् । बुटवलमा शनिबार भएको अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको निर्वाचन समितिका संयोजक हरिष ढकालले जानकारी दिए ।