माइस्थेसिया ग्राबिस रोगवाट पिडित कञ्चनका अंशु राईलाई करिब २ लाख रुपैया आर्थिक सहयोग

प्रकाशित मिति:

१८ पुष,कञ्चन- रुपन्देहीको जनआस्था पृथ्वी क्लव,कञ्चन गाउपालिका वडा नं। ४,थकालीचौकले माइस्थेसिया ग्राबिस दुर्लभ रोगवाट ग्रसित कञ्चन ९४ की २५ बर्षिय अंशु राईको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराको छ। जनआस्था पृथ्वी क्लवका अध्यक्ष उदय आलेको सहजिकरणमा संकलित करिब २ लाख १० हजार ९ सय ६५ रुपैया अंशु राईको घरमै गएर हस्तान्तरण गरेको हो ।

बिगत ३ बर्ष देखि बिरामी पर्दै आएका राईको रोगको निदान नहुदा उपचारमा समस्या पर्दै आइरहेको उपचारकै क्रममा पछिल्लो ३ महिनामा उनमा माइस्थेसिया ग्राबिस नामक दुर्लभ रोगवाट ग्रसित भएको पत्ता लागेको राईका अभिभावक अजय राईले जन आस्था पृथ्वी क्लवका अध्यक्ष उदय आलेलाई जानकारी दिनु भएको थियो । समयमै रोगगगको पहिचान नहुदा लामो समयसम्म उपचार गरिरहदा राईको परिवार आर्थिक रुपमा कमजोर भएपछि थप उपचारको लागि आर्थिक अभाव भएकोले सहयोग संकलनको अभियान संचालन गरेर सो रकम हस्तान्तरण गरिएको सामाजिक क्षेत्रमा कृयाशिल तथा क्लवका अध्यक्ष आलेले बताउनु भएको छ।

राइको उपचारका लागि अस्ट्रेलियामा रहेका ईभा रानाको सहजिकरणमा अस्ट्रेलियामा रहेका नेपालीहरुसंग ४९ हजार १ सय ५५ रुपैया आर्थिक संकलन गरि प्राप्त भएको र समी सारु र राजेश आलेको सहजिकरणमा साउदी अरवमा रहेका नेपालीहरुसंग ६७ हजार ३ सय ९५ रुपैया आर्थिक संकलन गरि पठाउनु भएको थियो ।यसैगरी अस्ट्रेलियामा रहेका प्रियंका खडका र सञ्जय खडकाले पनि अस्ट्रेलियामा रहेका नेपालीहरुसंग ४१ हजार २ सय ७५ रुपैया आर्थिक संकलन गरी पठाउनु भएको अध्यक्ष आलेले जानकारी दिनु भएको थियो ।

यसरी बैदेशिक रोजगारको क्रममा दुबैमा रहनु भएका प्रमेश खडकाबाट ५ हजार ४० रुपैया,अस्ट्रेलियाका साहिल आलेबाट १० हजार रुपैया,हंकंगमा रहनु भएका नरमाया थकालीबाट १० हजार रुपैया,कुवेटमा रहनु भएका पुर्ण सापकोटा र मिना सापकोटाबाट ७ हजार ६ सय रुपैया, सुनगाभा सामुदायिक बिकास केन्द्रका निबर्तमान अध्यक्ष प्रेम बहादुर बि।क।बाट १० हजार रुपैया,राजकुमार थकालीबाट ५ हजार रुपैया र अमेरिकामा रहनु भएका प्रेम खडका र पिंकी खडकाबाट ५ हजार ५ सय रुपैया आर्थिक सहयोग प्राप्त भएको जन आस्था पृथ्वी क्लवका प्रेम रानाले जानकारी दिनु भएको छ। क्लवका सचिव हिमाल थापाको संचालनमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष उदय आले सहित क्लवका सदस्यहरुले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरिएको थियो ।