ला लिगा फुटबलको शीर्ष स्थानमा रियल मड्रिड उक्लिन सफल

प्रकाशित मिति:

ला लिगा फुटबलको शीर्ष स्थानमा रियल मड्रिड उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २–० ले पराजित गर्दै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितमा लुकास भाजकेज र मार्कोस एसेन्सियोले एक एक गोल गरेका थिए । गएराति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा हराउँदै १७ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा पुगेको हो। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३५ अंक छ। ​यद्यपि एट्लेटिकोले रियल भन्दा तीन खेल कम खेलेको छ । सेल्टा भियो २३ अंकसहित आठौं स्थानमा रहेको छ ।