पिन्टु बानियाको अध्यक्षतामा लायन्स क्लब अफ भैरहवा गौतमबुद्ध स्थापना

प्रकाशित मिति:

भैरहवामा नयाँ लायन्स क्लबको स्थापना भएको छ । ब्यानर शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । पिन्टु बनिया लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका संस्थापक सदस्य समेत हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु, नेपालका डिष्ट्रिक गर्भनर एमजेएफ शम्भु नकर्मीले समाजका प्रतिष्ठित व्यक्तिहरु लायन्स क्लबमा आबद्ध हुँदै जानु सकारात्मक रहेको बताए । उनले लायन्स क्लब अफ भैरहवा गौतमबुद्धले रचनात्मक कार्यहरुलाई अगाडी बढाउने बताए ।