बांझो खेत राख्न भन्दा गरिबलाई गर्न दिनुपर्ने कृषिमन्त्रि पौडेलको भनाई

प्रकाशित मिति:

प्रदेश नम्बर ५ सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जग्गा भएकोले खेत बाँझो राख्नुभन्दा खेत नभएको गरीबलाई खेती गर्न दिनुपर्ने बताएकी छन् । उनले बाँझो भएको खेतमा खेती गर्न दिए प्रदेश सरकार त्यसको भाडा दिन तयार भएको बताइन । हाम्रो पहल  भोकमुक्त दिवस–२०३० भन्ने नाराका साथ ३८औं विश्व खाद्य दिवसको अवसर पारेर कृषि विकास निर्देशनालय भैरहवा, रुपन्देहीद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले किसानहरुलाई कृषिप्रति उत्प्रेरणा ल्याउन प्रदेश सरकारले करार खेतीको योजना ल्याउने तयारीमा रहेको बताइन ।जो गरीब छ, जोसंग भोको बस्नु बाहेक अन्य उपाय छैन, उहाँहरुलाई सम्बोधन गर्न करार खेतीको योजना ल्याइरहेका छौं, मन्त्री पौडेलले भनिन । उनले खान नपाइरहेको समुदायलाई व्यवस्थित नगरे सम्म समाजवाद स्थापित हुन नसक्ने बताइन । सबैभन्दा पहिला भोको रहेका समुदायलाई ध्यान दिएर उनीहरुको जीवनस्तर उकास्नुपर्नेमा मन्त्री पौडेलले जोड दिइन ।उनले सामुहिक पहलबाट नै खान नपुग्ने अवस्थामा रहेका समुदायलाई खान पुग्ने अवस्थामा पु¥याउन सकिने र उनीहरुको जीवनमा खुशियाली ल्याउन सकिने बताइन ।
कार्यक्रममा प्रदेश योजना आयोग मुख्यमन्त्री योजना आयोग मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सदस्य पुष्पा भुषालले पौष्टिक तत्वकाृ अभावमा स्वास्थ्यमा समस्या आउने बताइन ।कृषि विकास बैंक लिमिटेडका क्षेत्रीय निर्देशक मिनराज पोखरेलले किसानको जीवनस्तर उकास्न सहुलियत कर्जा दिने उद्धेश्यले कृषि विकास बैंकको स्थापना भएको बताए ।

कार्यक्रममा खाद्य सुरक्षा र खाद्य सम्प्रभुताका लागि विद्यमान नीति, कार्यक्रम र भावी कार्ययोजना सम्बन्धि कार्यपत्र कृषि विकास निर्देशनालयका प्रमुख डा शान्ता कार्कीले प्रस्तुत गरेकी थिइन । त्यस्तै प्रदेश नम्बर ५ को खाद्य सुरक्षा स्थिती विश्लेषण, चुनौती र सम्भावना सम्बन्धि कार्यपत्र विश्व खाद्य कार्यक्रमका पन्नालाल महर्जन र प्रदेश नम्बर ५ को खाद्य सुरक्षा प्रबर्धनमा कृषि अनुसन्धानको भूमिका सम्बन्धि कार्यपत्र राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक शेष रमण उपाध्यायले प्रस्तुत गरेका थिए ।