सबै मिलेर बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर झगडाले आगो लगायो : नेता भट्टराई

प्रकाशित मिति:

पूर्व प्रधानमन्त्री एवम् जसपाका नेता डा बाबुराम भट्टराईले ठूलो कोठामा सुत्ने झगडामा कुपुत्र र कुपुत्रीले घरमै आगो लगाइदिएको सामाजिक सञ्जाल ट्विटरमा लेख्दै यस्तो टिप्पणी गरेका हुन । नेता भट्टराईले सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रको घर बनाएको भएपनि नेकपाको घर झगडाले आगो लगाएको टिप्पणी गरे ।  ट्विट गर्दै भट्टराईले सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना हुँदाहुँदै आगो निभाउनु सट्टा खरानीकोलागि दौडिरहेको बताएका छन । छिमेकी रमिते भएको भन्दै उनले आगो निभाउन सबैलाई आग्रह समेत गरेका छन ।