विष्णु पौडेल संग बुटवलको चुनावी मैदानमा भिड्नेछु : गुरुड.

प्रकाशित मिति:

नेकपा प्रचण्ड(नेपाल समुहका युवा नेता तथा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङले ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई रुपन्देहीमा आएर चुनाव जित्न चुनौती दिएका छन् । राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङ्गले अर्थमन्त्री पौडेल बुटवलबाट चुनाव लडे त्यसको विपक्षमा आफुले प्रतिस्पर्धा गर्ने बताए । रिपोर्टस क्लबले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुने दावी समेत गरे । गुरुङले प्रधानमन्त्री केपी ओलीले संविधानको पाना च्यातेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन । उनले प्रधानमन्त्रीका कारण कम्यूनिष्ट पार्टी र संविधानलाई धवस्त पार्ने काम गरेको बताउँदै प्रतिनिधि सभा पुनस्थापना नहुदासम्म सडक सघर्ष तताउने बताए ।

“२०१७ सालमा राजा महेन्द्रले कु गरेका थिए, त्यो भन्दा खतरनाक रूपमा प्रधानमन्त्री ओलीले संविधानमाथि कु गरिएको छ ” उनले भने । उनले संसद पुनस्थार्पना नै संविधान र देश बचाउने एक मात्र विकल्प भएको बताए । उनले प्रधानमन्त्रीलाई काम गर्न दिईएन भन्ने कुरा गलत भएको बताउँदै एमसीसीलाई राष्ट्रमा हितमा बनाउनुपर्ने सुझाव मात्रै पार्टीले दिएको तर, प्रधानमन्त्रीलाई काम गर्न दिईएन भन्ने कुरा गलत भएको बताए । युवा संघका केन्द्रीय सचिवालय सदस्य सरिता श्रीसले प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारका विरूद्व सडमा आएको बताईन । उनले कसैलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउन सडकमा नआएको बताईन ।