ड्यागन र प्यासनका विरुवा रोपेर खेतीको शुरुवात

प्रकाशित मिति:

कौरव खत्री, गुल्मी १९ पौष । बागलुङ बडिगाडका एक वृद्धले व्यवसायिक रुपमा ड्यागन र प्यासन फलको विरुवा रोपेर उद्घाटनसँगै खेतीको शुरुवात गरिएको छ । शनिबार ड्यागन र प्यासनका विरुवा रोपेर उद्घाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले ड्यागन र प्यासन फलफुल खेती नौलो भएकोले यस्तो खेती गर्ने कृषकलाई धन्यवाद दिनुभयो ।साथै नगरप्रमुख सापकोटाले कृषि क्षेत्रमा लागेर कृषि गर्ने कृषकहरुलाई अनुदान सहयोग गर्ने भन्दै कृषकहरुलाई निर्वाहमुखी खेती नभएर व्यवसायिक कृषि खेती गर्न आग्रह गनुभयो ।

सोही अवसरमा बडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाइजा,महिला अधिकारकर्मी बिष्णु सापकोटा,मुसिकोट युनेस्कोका अध्यक्ष मोहन घिमिरे,सिर्जना माछा तथा कृषि फर्मका सञ्चालक जिवन अर्याल,कृषि प्राविधिक सर्वजित ओली, ड्यागन र प्यासन खेतीका व्यवस्थापक तथा अगुवा कृषक बालकृष्ण अर्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बडिगाड गाँउपालिका ५ ग्वालिचौर ताहाला निवासी ७४ बर्षीय समाजसेवी वृद्ध बालकृष्ण अर्यालले आफ्नो करिव १५लाखको एकल लगानीमा नँया फल अन्र्तगत ड्यागन र प्यासन फलको खेतीको शुरुवात गनुभएको हो । रचेबाराजियल ड्यागन प्यासन फलफुल विकास परियोजना हालै मुसिकोट नगरपालिकामा फर्म दर्ता गरेर व्यवसायलाई अगाडी बढाउनु भएको हो । उद्घाटन कार्यक्रम मुसिकोट नगरपालिका वडा नं. १ का वडाअध्यक्ष पूर्ण बहादुर हितानको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने युवा समाजसेवी दिनानाथ पौड्यालले गनु भएको थियो ।