लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारणसभा,

प्रकाशित मिति:

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको गत पुस १४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १६ गते शुक्रबार डोकेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमामा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेका छन्। सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २७ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।