प्रदेश नम्वर ५ को प्रदेश सभा बैठक आगामी मंसिर दोश्रो साता बस्ने तयारी

प्रकाशित मिति:

प्रदेश नम्वर ५ को प्रदेश सभा बैठक मंसिर दोश्रो साता बस्ने गरी तयारी सुरु भएको छ । सरकारले औपचारिक निणर्य गरेर प्रदेश प्रमुखबाट बैठक आब्हान गरेको पत्र नआएको भएपनि मंसिर दोश्रो साताबाट बैठक सुरु गर्ने अनौपचारिक कुराकानी भएको सभामुख पुर्ण बहादुर घर्तिले जानकारी दिनु भयो । उहाले दोश्रो साता बस्ने बैठकका लागि प्रदेश सभाले तयारी गरीसकेको पनि बताउनु भयो ।
यस्तै प्रदेश सरकारका प्रवक्ता भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीले प्रदेश प्रमुख र सभामुख संग मुख्यमन्त्रिले अनौपचारिक छलफल गरी मिति तय गरेपछी मन्त्रिपरिषदको बैठकबाट निणर्य गरी प्रदेश प्रमुखमा शिफारिस गरेपछी बैठक आब्हान हुने बताउनु भयो । उहाले मंसिर दोश्रो सता बैठक सुरु भएपछी बिजनेसको समस्या नहुने बताउनु भयो । गत साउन २४ गते बिजनेश बिहीन भएर दोश्रो अधिबेशन सकिएको थियो । अबको अधिवेशन सुरु हुँदा ४० विधेयक तयार हुने मन्त्रि चौधरीले बताउनु भयो। अहिलेसम्म ३६ विधेयकका अवधारणापत्र मन्त्रिपरिषद्बाट स्वीकृत भएर काम अघि बढेका छन् । तीमध्ये १२ विधेयक तयार भइसकेका छन ।