पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली

प्रकाशित मिति:

पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आइतबार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । काठमाडौं सहित देशैभरका बाँकी भूभागमा मौसम बदली भइरहेको छ । काठमाडौंसहित अन्य केही पहाडी भूभागमा पनि आज छिटफुट वर्षा हुने अनुमान विभागको छ । बुधबारसम्मै मौसमको अवस्था यस्तै रहन सक्ने श्रेष्ठले जानकारी दिए । यो प्रणालीका कारण मंगलबारसम्म नै देशका धेरै ठाउँको मौसम बदली हुने मौसमविद् श्रेष्ठले बताए । दिउँसोको समयमा बेलाबेलामा घाम लागे पनि फेरि बदली हुने उनको भनाइ छ । यस्तै पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहने पनि उनले बताए ।