बुटवल स्थित कोरोना विशेष अस्पतालमा सोमवार एक संक्रमितको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा सोमवार एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्लाको देवदह नगरपालीका ४ का ७३ वर्षीय पुरुष रहेको अस्पतालका सुचना अधकारी डा विष्णु गौतमले बताए । पुष १७ गते पिसिआर पोजेटिभ आई अस्पताल भर्ना गरिएका उनको ५ बजे मृत्यु भएको हो । डा गौतमका अनुसार मृतकमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको थियो ।