रुपन्देहीको क्षेत्र नं-५ मा कांग्रेसमा प्रवेश गर्नेको लर्को,ओलिलाई संविधानको माया छैन-शाह

प्रकाशित मिति:

बुटवल २० पुष- रुपन्देहीको क्षेत्र नं। ५ मा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लाग्न थालेको छ । सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले क्षेत्र नं। ५ मा चुनावमा जनता समक्ष गरेका प्रतिबद्धताहरु पुरा गर्दै गएपछि अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लाग्न थालेको हो । सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि २०६ जना नेपाली कांग्रेमा प्रवेश गरेका छन ।

उत्त कार्यक्रमलाई सम्बोधन गर्दै शाहले संविधान निर्माणमा भूमिका नखेलेकालाई संविधानको माया नभएको र संविधान माथि अहिले प्रहार भएको बताउँनु भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा देशमा संविधान आएको उँहाले स्मरण गराउदै यसको रक्षा कम्युनिष्ट सरकारले गर्न नसक्ने कुरा प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर प्रमाणीत गरेको बताउँनुभयो । संविधान बनाउँन भूमिका नखेलेकालाई संविधानको माया पनि नभएकोले संविधान माथि वर्तमान सरकारले प्रहार गरेको शाहको दाबी छ ।

जनतलाई भुलाउनको लागि सरकारले चुनावको मिति तय गरेको उँहाले बताउँदै यो चुनाव हुन नसक्ने र संसदको पुनस्थापनाको विकल्प नभएको बताउानुभयो । संसद पुनस्थापनाका लागि शसक्त आन्दोलनमा उत्रित कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । नेपाली कांग्रेस लुम्बिनी सांस्कृति नगर सभापति सहिद खाँनको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्मा , नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँ , युवा नेता विष्णु पोखरेल , क्षेत्रीय सभापति ओसी उल्लाहा मुसलमान , जुगिर अहमद खाँ , बृजेश कुमार चौराहा, अशोक गोसामी लगायतले कार्यक्रममा बोलेका थिए । केही दिन अघि कञ्चन गाउँपालिका वडा नं। १ मा पनि २ सय भन्दा बढि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।