पश्चिम नेपालको रक्तदानमा ४० युनिट रगत संकलन

प्रकाशित मिति:

पश्चिम नेपाल बस ब्यवसायी संघले ५० औ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजना गरेको कार्यक्रममा १ सय ४० युनिट रगत संकलन भएको छ । संघको कार्यालय परिसरमा भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद न्यौपाने सहित १ सय ४० जना व्यवसायी, चालक तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए । संघले समाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम गरेको अध्यक्ष दधिराम खरेलले जानकारी दिनुभयो । २०३५ सालमा स्थापना भएको संघले अस्तिदिेखि बिविध रचनात्मक कार्यगरी स्थापना दिवश मनाइरहेको छ । संघले स्थापना दिवसकै अवसर पारेर स्मारिका प्रकाशन , बिभिन्न समाजिक संस्थाहरुलाई सहयोग लगायतका कार्यहरुको तय गरेको संघका सचिव रामचन्द्र भुसालले जानकारी दिनुभयो ।
संघले लुम्विनीका ६ जिल्लामा सामुदायिक बिद्यालयहरुबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई सम्मान लगायतका कार्यक्रमहरु तय गरेको छ ।