इरिक ब्रान्डका फुटवेयर र स्पोर्टस्वेयर अब बुटवलमा

प्रकाशित मिति:

चिनमा उत्पादन हुने बिश्वप्रसिद्ध इरिक ब्रान्डका बिभिन्न सामानहरु अब बुटवलमा पाइने भएको छ । बुटवलको ट्राफिकचोकमा प्रबिन ज्ञवाली र निलम ज्ञवालीले “इरिक ” नामको पसल सन्चालन मा ल्याएका छन । इरिक ब्रान्डका फुटवेयर र स्पोर्टस्वेयरका सामानहरु एकैठाउमा उपलब्ध गराउने सन्चालकद्धयले बताए ।  ८ बर्षदेखी चिनमा बसोबास गर्दै आएका ज्ञवालीले आफ्नै ठाउमा ब्रान्डेड जुत्ता,ज्याकेट,ट्रायकसुट ,लगायतका बिभिन्न सामानहरुको आधिकारीक रुपमा बिक्रि बितरण गरिएको बताए ।

गुणस्तरीय र ब्रान्डेड सामानहरुको लागी काठमाण्डौ धाइरहनुपर्ने अबस्थाको अन्त्यका लागी बुटवलमा आउटलेट खोलीएको सन्चालकमध्येका एक निलम ज्ञवालीले बताइन । यसअघि नै नेपालका मुख्य मुख्य शहरहरुमा इरिक ब्रान्डका पसलहरु सन्चालनमा आइसकेका छन ।
पछिल्लो समयमा बुटवल आसपासमा ब्रान्ड कन्सस् बढ्दै गएकाले बुटवलको मुख्य ट्राफिकचोकमा सेवा शुरु गरेको सन्चालकले बताए ।

नेपालका बिभिन्न ठाउमा चिनबाट लाइटदेखी टेक्नोलोजीका बिभिन्न सामानहरु आयात गरिरहेका ज्ञवालीले सुपथ मुल्यमा सामानहरु प्रदान गर्ने र आगामी दिनमा सेवा बिस्तार गर्ने जनाए । नया बर्षको अवसरमा ग्राहकहरुलाइ बिशेष छुट समेत प्रदान गरिएको उनी बताउछन । प्रस्तुती : दीपक न्यौपाने