सर्वोत्तम बहेउद्देश्यीय सहकारी संस्थाको छैठौ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेसन शुरु : आफूले सञ्चालन गरेको सहकारी संस्थाबाट शेयर सदस्यलाई सामान उपहार

प्रकाशित मिति:

दाङ, पुस २१ । दाङको घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लमिटेडको छैठौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेसन आज मंगलवारदेखि घोराहीमा शुरु भएको छ । कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकार सहकारी बिभागले जारी गरेको निर्देशन र संस्थाले तयार गरेको कार्यबिधि अनुसार सर्वोत्तम सहकारीले पाँच दिनसम्म चरणबद्ध कार्यक्रम गरेर आफ्नो छैठौं बार्षिक साधारण सभा गर्न शुरु गरेको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिनुभयो ।

संस्थाले कोभिड १९ को प्रभाबलाई ध्यानमा राख्दै यस वर्ष फरक तरिकाले साधारणसभा र अधिबेशन गर्ने कार्यतालिका बनाएको छ । जसमा आजदेखी शुक्रवारसम्म सेयर सदस्यहरुबाट सुझाव संकलन र संशोधन प्रस्ताव पेश गर्ने,प्रत्यक्ष उपस्थित भएर संस्थाको माइन्यूटमा हस्ताक्षर गर्ने र प्राप्त सुझावका आधारमा पुस २५ गते शनिवार वार्षिक साधारणसभा तथा अधिबेशनको समापन समारोह गर्ने कार्यतालिका बनाएर काम शुरु गरेको अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिनुभयो । यस बर्षको साधारणसभा तथा अधिबेशनको समापन प्रत्येक्ष उपस्थित तथा बिद्युतिय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गरिने संस्थाका अध्यक्ष पौडेलको भनाई छ ।

२०७१ सालमा स्थापना भएको सर्वोत्तम बहुउद्देश्यीय सहकारीलाई २०७४ सालदेखि नयाँ ब्यवस्थापनका साथ सञ्चालन गरिएको संस्थाले जनाएको छ । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले यो बर्षदेखि थप कार्यक्रमका रुपमा घोराहीको तुल्सीपुर चोकमा सहकारी बजार सञ्चालनमा ल्याएको छ । आफ्ना शेयर सदस्यहरुलाई सहकारी बजारका बारेमा बिस्तृत जानकारी सहित अवलोकन गराउनका लागि आजदेखि चार दिने पहिलो चरणको कार्यक्रम सहकारी बजार परिसरमा शुरु गरेको छ । साधारणसभामा उपस्थित हुने शेयर सदस्यहरुलाई सहकारी संस्थाले आफ्नो सहकारी बजारमा रहेको तीन सय रुपैया बराबरको सामान समेत दिन शुरु गरेको छ ।