शहरी स्वास्थ्य केन्द्रको भवन उद्दघाटन

प्रकाशित मिति:

वालिङ नगरपालिका वडा नं. ८ को काफलडाँडामा शहरी स्वास्थ्य केन्द्रको भवन सोमबार उद्दघाटन गरिएको छ । नवनिर्मित शहरी स्वास्थ्य केन्द्रको भवन नगरप्रमुख दिलिपप्रताप खांणले गर्नुभएको हो । भवन उद्दघाटनका क्रममा प्रमुख खां०ाले स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पु¥याउने भन्दै सर्भसुलभ स्वास्थ्य सेवाको विस्तार गरिने बताउनुभयो । साथै प्रमुख खांणले टोलटोलमा आधारभुत स्वास्थ्य सेवा पु¥याउने, विशेष प्रकारका निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरिने भन्दै जनताको घरदैलोमा स्वास्थ्य सेवा पु¥याईने बताउनुभयो ।

निशुल्क स्वास्थ्य विमा गरेर लाभ लिन अनुरोध गर्दै प्रमुख खांणले जेष्ठ नागरिकको लागी विषेश निति तथा कार्यक्रम बनाएर जेष्ठ नागरिक मैत्रि स्वास्थ्य सेवा बनाईने बताउनुभयो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवाली, कार्यपालिका सदस्य युगमाया पंगेनीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रम वडा अध्यक्ष कमलप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कपिलमढिा खनालले गर्नुभएको थियो । जयनेपाल ईश्वर निर्माण सेवा प्रालिले गत फागुनमा २८ लाख ६९ हजार ७ सय २९ रुपैँयामा यही पुसमा सक्ने गरी सम्झौता गरेको थियो । सम्झौता समयमै निर्माण सम्पन्न गरेको कम्पनीले १० लाख छाडेर काम गरेको हो । भवनको कुल लागत ३८ लाख ८६ हजार ९ सय २० रुपैँया रहेको हो ।