लैंगिक हिंसा पिडित संरक्षण सेवा केन्द्रलाई आवश्यक सामाग्री प्रदान

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली,
लैंगिक हिंसामा परेकाहरुलाई न्याय सम्पादन हुदा सम्मको लागि सुरक्षित राख्नको लागि बनाईदै गरेको लंैगिक हिंसा पिडित संरक्षण सेवा केन्द्रलाई आवस्यक सामाग्री उपलब्ध गराईएको छ । राप्ती गाउँपालिका क्षेत्रका हिंसा पिडितहरुलाई राख्नका लागि राप्ती गाउँपालिकाले मौरिघाटमा लंैगिक हिंसा पिडित संरक्षण सेवा केन्द्रको स्थापना गर्न लागेको अवस्थामा माहुरी होमले आवस्यक सामाग्री उपलब्ध गराएको हो ।
दाङको राप्ती गाउँपालिकाकामा न्याय, सुरक्षा र सुशासनको क्षेत्रमा काम गर्दै आएको युके ए आइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले पिडित संरक्षण सेवा केन्द्रको लागि बस्ने, सुत्ने खाना पकाउने तथा दैनिक जिवनमा प्रयोग हुने सामाग्री न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीलाई हस्तान्तरण गरेको छ ।

मधेस मानव अधिकार मञ्च माहुरी होमका कार्यक्रम अधिकृत रमेश पाण्डे र सामाजिक परिचालक पुष्पा बन्जाडेले केन्द्रमै गई सामाग्री हस्तान्तरण गर्नु भएको हो ।हिंसा पिडितलाई सुरक्षित गर्दै न्यायको लागि पहल गर्न आवासीय समाग्रीको लागि न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीले माहुरी होमलाई धन्यवाद दिनु भएको छ । उत्त लैंगिक हिंसा पिडित संरक्षण सेवा केन्द्र केहि दिनमै सुरुहुने महिला तथा बालबालिका शाखा प्रमुख जिवन कुमारी जिसीले जानकारी दिनु भएको छ ।