कृषि सम्भाव्यता अध्ययन गर्न किसान नेता भट्टराईको अध्यक्षतामा समिति गठन

प्रकाशित मिति:

कृषि,पर्यटन र प्राकृतिक स्रोतको अनुसन्धान प्रबद्र्धन तथा विकासमा जोड दिने उद्देश्यले गिरिजा प्रसाद कोईराला फाउण्डेशनले आफ्नो केन्द्रीय नीति बमोजिम सुनसरी जिल्लामा रबर खेति लगायत अन्य कृषि र पर्यटन विकासमा काम गर्ने गरी गिरिजा प्रसाद काईराला एग्रो टुरिजम रबर ग्रामको अवधारणालाई साकार पार्न २ बर्ष कार्यकाल रहने गरी गठित तयारी समितिको अध्यक्षमा किसान संघ सुनसरीका सभापति केशव प्रसाद भट्टराई चयन भएका छन् ।

कृषि, पर्यटन र नेपालमा भएका प्राकृतिक स्रोतको उपयोग गर्दै आर्थिक क्रान्तिलाई सफल बनाउदै कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गर्ने उद्देश्यले कृषिका दृष्टिकोणले उर्बर भुमि रहेको सुनसरीमा किसान नेता भट्टराईको नेतृत्वमा रबर खेतीको समग्र अनुसन्धान,उत्पादन,प्रशोधन तथा अन्य योजनाहरु अघि बढाउन समिति गठन गरिएको जानकारी गिरिजा प्रसाद कोईराला फाउण्डेशनले जनाएको छ । सुकुम्बासी समस्या समाधान आयोग सुनसरीका पूर्व अध्यक्ष समेत रहेका भट्टराईको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा प्रकाश बस्नेत, सचिवमा डम्बर बस्नेत,कोषाध्यक्षमा श्रीप्रसाद तिवारी,सदस्यहरुमा नन्दु राई,नविन चौधरी,भरत कार्की,टेक तामाङ्ग र महेन्द्र तामाङ्ग चयन भएका छन् ।

नेपाली काँग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतिमा गठित गिरिजा प्रसाद कोईराला फाउण्डेशनले बि।पि को समाजवादी अर्थनितिलाई अघि बढाउन कृषिको क्षेत्रमा बृहत कार्यक्रम अघि बढाउन तयारी समिति गठन गरिएको फाउण्डेशनले जनाएको छ । प्रजातन्त्र, शान्ती र विकासको मुल नारा बोकेको काँग्रेस नेतृ सुजता कोईरालाको अध्यक्षतामा गठित गिरिजा प्रसाद कोईराला फाउण्डेशनले देशभर तथा विदेशमा समेत शाखा सञ्जाल विस्तार गरी विभिन्न सामाजिक गतिविधिका काम गर्दै आईरहेको छ ।