तपाईंको आज

प्रकाशित मिति:

आज २०७७ पुस २४ गते शुक्रबार ।

मेष

रोकिएका काम फेरि सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । न्यायीक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

वृष

अनुहारमा कान्ती र मनमा शान्ति छाउला । विपरित लिंगीप्रति विशेष आकर्षण बढ्नेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु परे पनि तपाईँकै जित हुने योग छ ।

मिथुन

आजको दिन उत्साहजनक ढंगले बित्नेछ । योजना कार्यान्वयनका लागि उपयुक्त समय छ । मनमा उत्साह र उमंग छाउला । आत्मबलमा बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता मिल्नेछ ।

कर्कट

पारिवारिक सद्भाव बढ्नेछ । विपरित लिंगीबाट विशेष सहयोग मिल्ला । शरीर आलश्य होला । खानपानमा विशेष ध्यान दिनु होला । अध्ययन अध्ययापन सोचेजस्तो हुने छैन । कारोबार गर्दा सचेत रहनुहोला ।

सिंह
छोटो यात्राको योग छ । साथीभाईको जमघट हुनेछ । आम्दानी बढे पनि अनावश्यक ठाउँमा धन खर्च हुँदा बचत हुनेछैन । बोली विपरितको अर्थ लाग्दा प्रेममा मनमुटाव हुन सक्छ ।

कन्या

रोकिएका काम अघि बढ्न सक्छन् । आफ्ना योजना गोप्य राख्दा राम्रो हुनेछ । साथीभाईसँगको भेटघाटले मन प्रसन्न हुनेछ ।

तुला

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । स्वादिष्ट भोजन पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ । प्रेममा बाधा आउन सक्छ ।

वृश्चिक

मित्र मिलनको योग छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसाय गर्नेका लागि पनि समय श्रेष्ठकर छ ।

धनु

नयाँ योजना कार्यान्वयनमा आउन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढे पनि शैक्षिक क्षेत्र मध्यम नै रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पहिचान हुनेछ ।

मकर

कला र गलाको प्रभाव बढ्नेछ । मनका शान्ति र कान्ती छाउनेछ । शुभ समाचार सुन्न पाइएला । मेहनतको प्रशंसा गर्नेहरूको कमी हुने छैन । नयाँ कामको प्रस्ताव आउनेछ । मनमा हर्ष र उमंग छाउनेछ ।

कुम्भ

हर्ष र उमंग छाउनेछ । लामो समयदेखि अधुरा रहेका काम पूरा हुनेछन्। साथिभाईको सहयोग रहनेछ । छिट्टै विश्वास गर्दा धोका पाइएला । लेनदेनमा विवाद आउन सक्छ । अध्ययन अध्यापन मध्यम हुनेछ ।

मीन
जोश जाँगर र हिम्मत बढ्नेछ । काममा सफलता मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धन आउन सक्छ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । खर्च पनि बढ्नेछ ।खबरहबबाट साभार ।