कोरोना संक्रमण फैलिएपछि जापानको राजधानी टोकियोमा संकटकाल घोषणा

२४ पुष २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया

Streets of Tokyo, Japan cityscape and highways. Cityscape of TOKYO City. Tokyo downtown taking on Top of Tokyo building in 7 July 2012.

कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा संकटकाल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार एक महिना लामो संकटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताएका छन ।

अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको सङ्कटकाल शुक्रबारदेखि लागु हुने जनाइएको छ । सङ्कटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागू हुने अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरुलाई विषेश अनुरोध गरेका छन् । टेकियोमा सङ्क्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवाहरुलाई विषेश आग्रह गरेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया